विवेकशील नेपाली दलका संस्थापक उज्वल थापाको निधन

June 1, 2021   Filed under नेपालीको हालखबर >>>> Please Subscribe our Youtube Channel

नेपाल खुला छ भन्ने सानो प्लेकार्ड लिएर एक्लै एक छेउमा उभिएर आफ्नो अभियान शुरु गरेका अभियन्ता जसले यो भूमिमा अन्तिम सास फेर्दा लाखौ युवा पिडिलाई आफ्नो पक्षमा छाडेर गए । उनै विवकेशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक उज्वल थापाको निधन भएको छ ।

राजधानी स्थित मेडिसिटी अस्पतालले एक बिज्ञप्ति जारी गर्दै मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा उपचारको क्रममा विवेकशील साझा पार्टीका अध्यक्ष मिलन पाण्डेले जानकारी दिएको छ ।

केही दिनअघि कोरोना संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । विवेकशील साझा पार्टीका पूर्व संयोजक रहेका ४४ वर्षीय थापा सामाजिक उत्प्रेरकका रुपमा समेत चिनिन्छन् ।

कोरोना संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना भएपनि अन्तिम पटक गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएको थियो ।