कोरोनाभाइरस नयाँ (ओमिक्रोन) भेरियन्ट कत्तिको जोखिमपूर्ण, कसरी बच्न सकिन्छ ?

December 6, 2021   Filed under बिचार / रिपोर्ट >>>> Please Subscribe our Youtube Channel

पुजा कुवँर,काठमाण्डौ ।
दक्षिण अफ्रिकाबाट पहिलोपटक नोभेम्बर २४ २०२१ मा पहिचान भएको कोरोना भाइरस काे नयाँ भेरियन्ट (ओमिक्रोन) विश्वका २० भन्दा बढी देशहरूमा फैलिसकेको अवस्था छ । हालै मात्र कोरोना भाइरसको नयाँ भेरियन्ट, संक्रमण भारतमा पनि पुष्टि भएको छ ।नेपाल सरकारले पनि कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण देखिएका अफ्रिकासहितका ९ मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाइएको छ ।ओमिक्रोनलाई डब्लुएचओले उच्च सतर्कता अपनाउनुपर्ने खतरापूर्ण भाइरस भनेपछि विश्वभरी नै सतर्कता बढाउन थालिएको हो ।

भाइरस कत्तिको छिटो र सजिलोसँग फैलन्छ, लक्षण कत्तिको गम्भीर छ, यसले उपचार सँग कस्तो प्रतिक्रिया दिन्छ, भ्याक्सिन ले कत्तिको प्रभाबकारी ढंगले भाइरस संक्रमणलाई जोगाउँछ भन्ने कुरालाई आधार मानेर डब्लुएचओ ले भाइरसलाई वर्गीकरण गर्दछ। यस अनुसार पहिलानै देखिएका अल्फा, बेटा, गामा र इपिसिलोन पनि उच्च सतर्कता अपनाउनु पर्ने खतरापूर्ण सूचीमा वर्गिकृत थिए । तर अहिले देखा परेको ओमिक्राेन (B1.15.299) ले बेटाले (beta) भन्दा पनि तीन देखि छ गुणा बढी (मानिसहरु) मा संक्रमण फैलाउन सक्ने प्रारम्भिक अनुसन्धानहरूले देखाएका छन् ।

ओमिक्रन भेरियन्ट सङ्क्रमित व्यक्तिबाट अन्य व्यक्तिमा फैलिने दर,यस काे संक्रमण बाट निम्तिने रोगको गम्भीरता, पहिला नै कोरोना सङ्क्रमण भएका हरुलाई यसको संक्रमणको जोखिम ,भ्याक्सिन काे प्रभावकारिता जस्ता विषयहरुमा संसारभरका अनुसन्धानकर्ताहरूले अध्ययन गरिरहेका छन। प्रारम्भिक अनुसन्धान अनुसार यसको सङ्क्रमण दर बढी भएको,पहिला नै कोरोना भइसकेका हरुमा पनि यसको संक्रमण हुने जोखिम बढी भएको, अहिलेको भ्याक्सिनले पूर्ण रुपमा यस विरुद्ध काम गर्न नसक्ने तथ्यहरु प्रकाशमा आएका छन् ।

हावाको माध्यमबाट सर्ने भएकोले ,यसको संक्रमण हुन बाट बच्न व्यक्ति व्यक्ति बीच कम्तिमा एक मिटरको दूरी कायम गर्ने, ठिक सँग मास्ककाे प्रयोग गर्ने, कोठाका झ्यालहरू खुला राखी राम्रोसँग हावा ओहोरदोहोर हुने व्यवस्था मिलाउने, भीडभाड बाट टाढा रहने, हात सफा राख्ने, हाछ्युँ गर्दा र खोक्दा राम्रोसँग नाकमुख ढाक्ने गर्दा संक्रमणकाे जोखिमबाट बच्न सकिन्छ। साथै, यसको संक्रमण दर बढी भएको देखिएकोले बेलैमा सचेत रहनु बुद्धिमानीपूर्ण हुन्छ ।

( लेखिका- Tribhuvan University , माइक्रोबायोलोजी केन्द्रीय विभाग बाट मेडिकल माइक्रोबायोलोजी मा स्नातकोत्तर हुनुहुन्छ। )