बिरुवा नं-३३, दुइ बर्ष पहिले प्रधानमन्त्रिले काेटेश्वरमा राेपेका नास्पातीकाे बिरुवा , फले पछि कसको ?

June 5, 2021   Filed under बिचार / रिपोर्ट >>>> Please Subscribe our Youtube Channel

सन्तोष भट्टराई, #Vlognepal ।
शनिबार बिश्व बाताबारण दिवस यसै सन्दर्भमा सान्दर्भिक लागेर यो फोटो लाई ब्याख्या गर्न खोजेको मात्र हुँ । काठमाण्डौ उपत्यका भित्र काठमाण्डौ र ललितपुरलाई छोएको अहिले को चक्रपथ चीन सरकारको सहयोगमा १० लेनको बन्यो कलंकी सम्म कोटेश्वरबाट । छेउको सर्भिस ट्राक जोड्ने हो भने पनी बास्तबिक ८ लेनको बनेको यो सडकमा एक्कासी केही समाजका अभियन्ताहरुले हरियाली बनाउने भनेर भाग बण्डा लगाएर र शुरुभयो बृक्षारोपण । सबैले रुख बिरुवा रोपेर सडकको दायाँ बाँया हरियाली बनाउने भनेर होडबाजी चलेकै बेलामा देशका प्रधानमन्त्री के.पी. शर्मा ओलीले पनी बृक्षारोपण गर्नु भयो । उहाँले २ बर्ष अघि रोपेको नास्पातीको रुख सप्रदै गएको छ । त्यस बखत रोपिएका कति रुख अनी बिरुवाले राम्रो स्याहार नपाएर सुकेर ईहलिला त्यागी सकेको पनी पाइन्छ भने केही बिरुवाहरु भने सप्रिएर आएका छन् ।

प्रधानमन्त्री ओलीले रोपेको बिरुवा बोट नंम्बर-३३ अहिले कोटेश्वर चोकमा सप्रिदै मात्र गएको छैन केही बर्षको अन्तरालमा यसले फल नास्पाती पनि दिने छ । साईकले अभियन्ता सौरभ ढकाल ले आजै बाताबरण दिवशको दिन बिहानै कोटेश्वर देखी सातदोबाटो खेलकुद कम्प्लेक्स सम्मका बिरुवा को निरिक्षण पछि सोधे दाई नासपाती फले पछि पहिलो अधिकार कसको ? रुख रोप्नेको की .. जग्गा धनीको ?? रोप्ने प्रधानमन्त्री भुमी छ कोटेश्वरमा ?? कोटेश्वरेले अधिकार जमाएर खान पाउने कि नपाउने ?? साईकल है है गरेर चलाएर सातदोबाटो तिर बाट वा भक्तपुर बाट आएर वा काठमाण्डौ तिनकुने बाट आएर कोटेश्वरमा भएको नासपाती को फेदमा बसेर सारा नेपाली ले खान पाउने कि नपाउने ?? वा हाल बोट भन्दा ठूलो संरक्षण बोर्ड राखेर झुण्याएको कंम्पनीको हक हुन्छ ?

म पनी एक छिन अलमलमा परे ! लौ न तपाईहरु भनिदिनुस् कोटेश्वर चोकमा रहेको बिरुवा नंम्वर-३३ नास्पातीको बिरुवा मा फल दिए पछि नासपातीको हक कसको ??