कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको बैठकद्वारा ‘स्मार्ट लकडाउन’तर्फ जाने निर्णय

June 17, 2021   Filed under नेपालीको हालखबर >>>> Please Subscribe our Youtube Channel

कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले संक्रमण जोखिम रोक्ने र अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लकडाउन’तर्फ जाने निर्णय गरेको छ ।

यो साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्क गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको छ । प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अधिक संख्यामा नेपाली श्रमित रहेको टर्की, कतार, साउदी अरेबिया, युएइ, जापान र मलेसिया जस्ता देशहरुमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले बैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटल क्वारेन्टिनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टिनका लागि १० दिनको खर्च सरकारले व्यवस्थापन गर्ने छ । बैठकले सिसिएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावस्श्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइनेसमेत निर्णय गरेको छ ।

नेपालमा सोमबार पछिल्लो २४ घण्टामा देशभर २९१८जना कोरोनाका नयाँ संक्रमित थपिए

June 14, 2021   Filed under कोरोना खबर >>>> Please Subscribe our Youtube Channel

स्वास्थ्य तथा जनसंख्या मन्त्रालायले सोमबार पछिल्लो २४ घण्टामा देशभर २९१८ जना कोरोनाका नयाँ संक्रमित थपिएका जनाएको छ ।

मन्त्रालयको दैनिक प्रेश जानकारीका अनुसार देशका बिभिन्न स्थानमा पछिल्लो २४ घण्टामा गरिएका आरटी–पीसीआर परीक्षणमा २०४९ र एन्टिजेन परीक्षणमा ८६९ गरी २९१८ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ९४३८ पीसीआर र ५३८१ एन्टीजेन परीक्षण भएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाए अनुसार पछिल्लो २४ घण्टामा ५१४७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ ।

सवारी पास किर्ते गरी प्रयोगमा ल्याउने पक्राउ

June 14, 2021   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

ललितपुर महानगरपालिका-१३ एकान्तकुनास्थित सडकबाट सवारी पास किर्ते गरी प्रयोगमा ल्याएको अभियोगमा २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खोटाङ मुझावागढी नगरपालिका-११ घर भएका २३ वर्षीय दिनेश गुरुङ र २८ वर्षीय अम्बर गुरुङ रहेका छन् ।

उक्त सडकमा विना पासका सवारी साधन जाँच गर्ने क्रममा अम्बरले चलाएको बा.८१ प ७९३ नम्बरको मोटरसाईकल र दिनेशले चलाएको प्रदेश १-०२-९०४० प ८६११ नम्बरको मोटरसाइकल जाँच गर्दा उनीहरुले एकै कार्यालय तथा सिरियल नम्बर भएका सवारी पास देखाई एकै नम्बरको सवारी पासमा फरक फरक नाम राखी सरकारी छाप, दस्तखत किर्ते गरी सवारी पास बनाई प्रयोगमा ल्याएको पाइए पश्चात उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर लिखत (किर्ते) सम्वन्धी कसुर मुद्दामा जिल्ला अदालत ललितपुरबाट ४ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

काठमाण्डौं उपत्यकामा ९१५ संक्रमित थपिए

June 9, 2021   Filed under कोरोना खबर >>>> Please Subscribe our Youtube Channel

स्वास्थ्य तथा जनसंख्या मन्त्रालाय द्वारा आज जारी स्वास्थ्य अपडेट अनुसार काठमाण्डौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ९१५ संक्रमित थपिएका छन् ।

काठमाडौंमा ६७९ जना नयाँ संक्रमित थपिएका छन् भने भक्तपुरमा ८५ जना नयाँ संक्रमित थपिएका छन् र ललितपुरमा १५१ जना नयाँ संक्रमित थपिएका हुन् ।

मन्त्रालयको जानकारी अनुसार देशभर हाल एक हजार ३१२ जना आईसीयू र ३७५ जना भेन्टिलेटरमा रहेको जनाएको छ ।

पछिल्लो समय देशमा नयाँ संक्रमितको दर घटे पनी दुरदराजका जिल्लाहरु र गाउँहरुमा कोभिड संग मिल्दो लक्षणका बिरामीहरु देखिने क्रम बढ्दो छ । गाउँमा ज्वरो ले बिरामी हुँदा पनी घरमै बस्ने को संख्या पनी बढ्दै गएको छ भने आर् टी पिसिआर को रिपोर्ट कुर्न पनी करिब १ हप्ता लाग्ने जन गुनासो आउन थालेको छ ।

अवैध रुपमा ह्याण्ड स्यानिटाइजर उत्पादन गर्ने दुई जना पक्राउ

June 8, 2021   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

नागार्जुन नगरपालिका-२ सानोभर्‍याङ्गस्थित टहरामा अबैध रुपमा ह्याण्ड स्यानिटाईजर उत्पादन गरेको अभियोगमा काठमाडौं थानकोट बस्ने भारत उत्तर प्रदेश वालिया घर भएका २४ वर्षीय रोशन जैसवाल समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त टहरामा अबैध रुपमा ह्याण्ड स्यानिटाईजर उत्पादन गर्ने गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले उक्त टहरा तलासी गर्ने क्रममा १ सय मिलिलिटरको ९ सय ३५ थान , ५ सय मिलिलिटरको ३ हजार ८ सय ८० थान र ५ लिटरको ग्यालेन ९६ थान ह्याण्ड स्यानिटाईजर सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कोरोना नियन्त्रणका लागी कोरियाद्वारा स्वास्थ्य सामाग्री सहयोग

June 5, 2021   Filed under कोरोना खबर >>>> Please Subscribe our Youtube Channel

नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गरेको छ ।

अन्तर्राष्ट्रिय विकास साझेदार संस्था कोइकामार्फत पीसीआर परीक्षण किट सहयोग गरेको नेपाली दूतावासले जानकारी दिएको छ ।

शूक्रबार नै उक्त किट नेपाललाई हस्तान्तरण भैसकेको छ ।

नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क छङसुकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ तथा स्वास्थ्य समन्वय विभाग प्रमुख डा। रोशन पोखरेललाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरेका हुन् ।

बिरुवा नं-३३, दुइ बर्ष पहिले प्रधानमन्त्रिले काेटेश्वरमा राेपेका नास्पातीकाे बिरुवा , फले पछि कसको ?

June 5, 2021   Filed under बिचार / रिपोर्ट >>>> Please Subscribe our Youtube Channel

सन्तोष भट्टराई, #Vlognepal ।
शनिबार बिश्व बाताबारण दिवस यसै सन्दर्भमा सान्दर्भिक लागेर यो फोटो लाई ब्याख्या गर्न खोजेको मात्र हुँ । काठमाण्डौ उपत्यका भित्र काठमाण्डौ र ललितपुरलाई छोएको अहिले को चक्रपथ चीन सरकारको सहयोगमा १० लेनको बन्यो कलंकी सम्म कोटेश्वरबाट । छेउको सर्भिस ट्राक जोड्ने हो भने पनी बास्तबिक ८ लेनको बनेको यो सडकमा एक्कासी केही समाजका अभियन्ताहरुले हरियाली बनाउने भनेर भाग बण्डा लगाएर र शुरुभयो बृक्षारोपण । सबैले रुख बिरुवा रोपेर सडकको दायाँ बाँया हरियाली बनाउने भनेर होडबाजी चलेकै बेलामा देशका प्रधानमन्त्री के.पी. शर्मा ओलीले पनी बृक्षारोपण गर्नु भयो । उहाँले २ बर्ष अघि रोपेको नास्पातीको रुख सप्रदै गएको छ । त्यस बखत रोपिएका कति रुख अनी बिरुवाले राम्रो स्याहार नपाएर सुकेर ईहलिला त्यागी सकेको पनी पाइन्छ भने केही बिरुवाहरु भने सप्रिएर आएका छन् ।

प्रधानमन्त्री ओलीले रोपेको बिरुवा बोट नंम्बर-३३ अहिले कोटेश्वर चोकमा सप्रिदै मात्र गएको छैन केही बर्षको अन्तरालमा यसले फल नास्पाती पनि दिने छ । साईकले अभियन्ता सौरभ ढकाल ले आजै बाताबरण दिवशको दिन बिहानै कोटेश्वर देखी सातदोबाटो खेलकुद कम्प्लेक्स सम्मका बिरुवा को निरिक्षण पछि सोधे दाई नासपाती फले पछि पहिलो अधिकार कसको ? रुख रोप्नेको की .. जग्गा धनीको ?? रोप्ने प्रधानमन्त्री भुमी छ कोटेश्वरमा ?? कोटेश्वरेले अधिकार जमाएर खान पाउने कि नपाउने ?? साईकल है है गरेर चलाएर सातदोबाटो तिर बाट वा भक्तपुर बाट आएर वा काठमाण्डौ तिनकुने बाट आएर कोटेश्वरमा भएको नासपाती को फेदमा बसेर सारा नेपाली ले खान पाउने कि नपाउने ?? वा हाल बोट भन्दा ठूलो संरक्षण बोर्ड राखेर झुण्याएको कंम्पनीको हक हुन्छ ?

म पनी एक छिन अलमलमा परे ! लौ न तपाईहरु भनिदिनुस् कोटेश्वर चोकमा रहेको बिरुवा नंम्वर-३३ नास्पातीको बिरुवा मा फल दिए पछि नासपातीको हक कसको ??

कामनपामा भोरोसेल खोप लगाउन प्रत्येक वडामा एक खोप केन्द्र तोकियो

June 5, 2021   Filed under कोरोना खबर >>>> Please Subscribe our Youtube Channel

चीन सरकारको अनुदानमा नेपाल ल्याईएको १० लाख कोभिड बिरुद्धको “भेरोसेल” खोप नेपाल सरकारको निर्णय पश्च्यात काठमाडौँ महानगरपालिकाले आगामी मङ्गलबार बाट ६० देखि ६४ वर्ष सम्मका उमेर समुहलाई खोप दिन खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय र कामपाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागबीच बैठक बसेर हरेक वडामा एक/एक खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ ।

यही निर्णयका आधारमा वडाको खोप केन्द्र वडाबाट तोक्नका लागि पत्राचार गरिएको हो ।

उक्त उमेर समूहका व्यक्तिका लागि भेरोसेल (चाइनीज खोप) को पहिलो मात्रा दिन लागिएको हो । सरकारले खोप कार्यक्रम अन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिनेका लागि, त्यसपछि ६५ वर्षदेखि माथिल्लो उमेर समूहका व्यक्तिका लागि र तेस्रोमा १८ देखि ५९ वर्षका व्यक्तिलाई खोप दिएको थियो ।

जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप कार्यक्रमबाट करीब १ लाख व्यक्ति लावान्वीत भएका थिए ।

वागमती प्रदेशमा पछिल्लो २४ घण्टामा २० को निधन

June 3, 2021   Filed under कोरोना खबर >>>> Please Subscribe our Youtube Channel

कोरोना सङ्क्रमणका कारण वाग्मती प्रदेशमा पछिल्लो २४ घण्टामा थप २० जनाको निधन भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणका कारण प्रदेशका १३ जिल्लामा नौ महिला र ११ पुरुष गरी कूल २० को निधन भएको छ ।

मन्त्रालयका अनुसार निधन हुनेमा काठमाडौँमा पाँच, ललितपुरमा चार, रामेछापमा तीन, काभ्रेमा दुई, घादिङ, नुवाकोट र भक्तपुरमा एक÷एक रहेका छन् । यससँगै वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुनेको सङ्ख्या दुई हजार ४४४ जना पुगेको छ । (रासस)