चितुवाको छाला र हड्डी सहित पक्राउ

June 28, 2019   Filed under Halkhabar >>>> Please Subscribe our Youtube Channel

काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित नवदुर्गा गेष्ट हाउसबाट अन्दाजी ४६ ईन्च लम्बाई भएको चितुवाको छाला र टाउकोको हड्डी सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पाँचथर फागुनन्द गाउँपालिका-४ घर भएका २४ वर्षीय मिश्रुङ चेम्जोङ र ३० वर्षीय प्रशान्त दास चेम्जोंङ रहेका छ्न् ।

महानगरीय प्रहरी वृत्त बालाजु र महानगरीय प्रहरी प्रभाग गोंगबुबाट संयुक्त रुपमा खटिएको प्रहरीले उक्त गेष्ट हाउसको छतमा रहेको कोठा जाँच गर्ने क्रममा उनीहरुलाई उक्त छाला तथा हड्डी सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।