जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

June 28, 2019   Filed under Halkhabar >>>> Please Subscribe our Youtube Channel

काठमाडौं गंगाहिटी बस्ने काभ्रेकी १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं चावहिल बस्ने दोलखा घर भएका ३० वर्षीय छिरिदावा तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

काम सकेर घर जाने क्रममा ती बालिकालाई तामाङले ललाई फकाई आफ्नो कोठामा लगि जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।