पेस्तोल तथा गोली सहित पक्राउ

June 19, 2019   Filed under Halkhabar >>>> Please Subscribe our Youtube Channel

सिद्धार्थनगर नगरपालिका-४ स्थित गौतमबुद्ध बिमानस्थलबाट भारत उत्तर प्रदेशका ५० वर्षीय उमेश शुक्लालाई मेड इन चेकोस्लोभाकिया लेखेको पेस्तोल १ थान, त्यसको गोली १६ राउण्ड र म्याग्जीन २ थान सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बुद्ध एयरको उडानद्धारा भैरहवाबाट पोखरा जान लागेका शुक्लालाई बिमानस्थलको एक्सरे मेसिनद्धारा जाँच गर्नेक्रममा उनको लगेजभित्र उक्त हतियार फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।