प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

June 19, 2019   Filed under Halkhabar >>>> Please Subscribe our Youtube Channel

सूर्यविनायक नगरपालिका-६ सूर्यविनायक चोकमा डिउटीमा खटिएको प्रहरीलाई नगद २ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने सर्लाही लालबन्दी नगरपालिका-१ नवलपुर बस्ने २७ वर्षीय हित बहादुर रोक्का मगरलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा बा.३ ख ५९९२ नम्बरको बस जेब्राक्रसमा रोकेकोले प्रहरीले कारवाही गर्ने क्रममा बसका सहचालक मगरले प्रहरीलाई उक्त नगद दिएर प्रलोभनमा पार्न खोजेका थिए ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।