जुवातास खेलिरहेको अवस्थामा पक्राउ

October 27, 2021   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

दिपायल शिलगढी नगरपालिका-५ धामीगाउँ जाने सडक नजिक टहराभित्र पासा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय दिल बहादुर भण्डारी लगायत ५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

उक्त टहरामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले उनीहरूलाई पासा खेलिरहेको अवस्थामा नगद १ लाख ८४ हजार रुपैयाँ र ३ थान पासा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।