श्रीमतीको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ

July 19, 2021   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

आफ्नै श्रीमती ३४ वर्षीया संगिता टुडुको हत्या गरी फरार रहेको अभियोगमा गौरादह नगरपालिका-१ सितल चोक बस्ने मोरङ रंगेली नगरपालिका-९ सखुवाथान घर भएका ३९ वर्षीय सजिलाल रिख्यासनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सजिलालले संगितालाई गत असार ३१ गते बिहान सितल चोकस्थित खेत नजिकको टहरामा लगेर कुटपिट पछि हत्या गरेर फरार रहेकोमा ईलाका प्रहरी कार्यालय दमक र गौरादहबाट खटिएको संयुक्त प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय रंगेली मोरङसँगको समन्वयमा मोरङ रंगेली नगरपालिका-९ सखुवाथानमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई ईलाका प्रहरी कार्यालय दमकमा राखेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।