कपिलवस्तुमा कोरोना संक्रमितको संख्या निरन्तर घटदै, १ सय ५९ जना मात्र सकृय संक्रमित, थप एक संक्रमितको मृत्यु

June 19, 2021   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

किरणमान बज्राचार्य, कपिलबस्तु ।
कपिलवस्तुमा सकृय कोरोना सक्रमितको सख्या निरन्तर घटदै गएको छ । स्वास्थ्य कार्यालय अनुसार शनिवार दिउसो सम्म जिल्लामा सकृय सक्रमितको संख्या १ सय ५९ पुगेको हो ।

कोरोनाको दोश्रो लहर गत बैशाख १७ गते सूरु भए यता जिल्लामा संक्रमितको संख्या निरन्तर बढि रहेको थियो । तीन साता यता भने संक्रमित र मृत्युको संख्या घटेकेा स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन उमेश घिमिरेले बताए । सकृय संक्रमित मध्ये अधिकांस होम आईसोलेशनमा छन् । शनिवार कपिलवस्तुको शिवराजनगरपालिका- ६ की ३६ बषिर्या एक महिलाका मृत्यु भएको छ । यससंगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ९१ पुगेको छ ।

अधिकांसको मृत्यु अस्पताल मै भएको थियो । स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले जिल्लामा कोरोना संक्रमित र मृतकको संख्या घटदै गएको बताए । ‘ कोरोना संक्रमितको संख्या अहिले धेरै घटेको छ ‘ उनले भने, तर यसले समुदायका कोरोना संक्रमित नै नरहेको भन्न मिल्दैन ‘ । जिल्लामा पिसिआर एन्टीजेन परिक्षण पनि सुस्ताएको छ । पिसिआर परिक्षण कपिलवस्तु अस्पताल मै गर्न मिल्छ भने एनटीजेट किट स्वास्थय कार्यालमया पर्याप्त छ । तर जन स्तरबाटै परिक्षण गराउन अनिच्छा देखाइएको प्रमुख पाण्डेयले बताए ।

पालिकाहरुले नै परिक्षण दायरा बढाउन घर दैलोमा गई परिक्षणको गर्नु पर्ने उनले बताए । उता कोरोना कारण ढेड महिना देखि जारी लकडाउन कोरोना संक्रमितको संख्या निरन्तर घटीरहेकोले अब लकडाउन थप खुकुलो हुने संकेत देखिएको छ ।

जिल्लामा गत बैशाख २१ देखि लकडाउन जारी छ । लकडाउन असार ७ सम्म छ ।