रोहिणी गाउँपालिकाद्वारा जिल्लाको सरकारी भिम अस्पताललाई ५ लाख रुपैया सहयोग

June 17, 2021   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

राधेश्याम बि.क,रुपन्देही ।
रोहिणी गाउँपालिकाले जिल्लाको सरकारी अस्पताल भिम अस्पताललाई ५ लाख रुपैया सहयोग गरेको छ । रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले ५ लाख रुपैयाको चेक भिम अस्पतालका मेडिकल सुपरिडेन्टेन डाक्टर शकुन्तला गुप्तालाई प्रदान गरेका छन् ।

चेक बुझ्दै मेसु गुप्ताले अहिले अस्पताललाई स्थानिय तह लगायत अन्य संघ संस्थाहरुका सहयोग आवश्यक रहेको बताईन । कोभिडको यो महामारीको समयमा अहिलेे जनशक्ति र अक्सिजनमा अत्याधिक खर्च रहेको बताईन । उनले समयमै सरकारी बजेट आई नपुग्दा अक्सिजनको रकम बुझाउन समेत अप्ठ्यारो भई रहेको बताईन । यस्तो अवश्थामा रोहिणी गाउँपालिकाको यो सहयोग अति महत्वपर्ूण्ा रहेको बताईन । उनले माथीबाट बजेट आई पुगे पनि सो रकमलाई अन्य शिर्षमा खर्च गर्न सक्ने बताईन । अहिले सम्म रोहिणी गाउँपालिका बाहेक सम्मरीमाई गाउँपालिकाले पनि ३ लाख रुपैया सहयोग गरेको जानकारी दिईन ।

चेक प्रदान गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले जिल्ला स्थित सरकारी अस्पतालको संरक्षण गर्नु रुपन्देहीको सबै स्थानिय तहहरुको समान दायित्व रहेको बताए । उनले सरकारी अस्पताललमा कुनै एक पालिकाको मात्र नभई सबै पालिकाका बिरामी उपचार पाउने भएकोले यसको संरक्षणमा सबैका दायित्व हुनु पर्ने जिकिर गरे । उनले रोहिणी गाउँपालिकाले निर्ण्र्ाानै गरेर अस्पताललाई सहयोग गरेको बताए । “यसले अरु पालिकाहरुलाई पनि भिम अस्पताल प्रतिको दायित्व बोध गराउने काम गर्दछ ।” उनले भने ” अहिले आवश्यक परेको समयमा सहयोग नगरे कहिले गर्ने -”

सहयोग प्रदान गर्ने क्रममा गाउँपालिका अध्यक्ष यादवले अस्पतालमा रहेका रोहिणी गाउँपालिकाका बिरामीका साथै अन्य बिरामीहरुलाई भेटेर उनिहरुलाई आश्वासन दिएका थिए ।

रुपन्देही जिल्लाका सरकारी अस्पतालको रुपमा रहेको भैरहवा स्थित भिम अस्पतालमा अहिले रुपन्देही जिल्लाका सबै पालिकाका मात्र नभई अन्य जिल्लाका पनि कोभिडका बिरामीहरुको उपचार भई रहेको छ । अस्पतालका मेडिकल सुपरिडेन्ट डाक्टर शकुन्तला गुप्ताले अहिले भिम अस्पतालमा ८१ जना सम्म कोभिडकै बिरामी रहेको र सबै जना अक्सिजनमा रहेको जानकारी दिईन ।