अवैध लागूऔषध सहित पक्राउ

July 16, 2021   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

कपिलवस्तु, कपिलवस्तु नगरपालिका-२ बर्दहवास्थित सडकबाट २९ ग्राम ७ सय ९० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ, १० ट्याव्लेट नाईट्राभेट र १ सय २४ ट्याब्लेट विनस्पास्मो सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ नयाँटोल बस्ने २७ वर्षीय राकेश गुप्ता, उनकै श्रीमती २४ वर्षीया प्रभावती गुप्ता र राकेशको भाइ २२ वर्षीय बैजु कुमार गुप्ता रहेका छन् । यूपी ५५ बी ९४३६ नम्बरको मोटरसाईकलमा सवार उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा प्रभावती गुप्ताको साथबाट उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका-१० स्थित नन्दा पेट्रोल पम्प नजिकबाट ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २६ वर्षीय करन राजवंशीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त प्रहरी टोलिले जाँच गर्ने क्रममा करनको साथबाट उक्त पदार्थ र नगद ९ हजार ५ सय १० रुपैयाँ फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।