अवैध रुपमा ल्याउँदै गरेको सुन र चाँदी जस्तो देखिने धातु सहित २ जना पक्राउ

July 16, 2021   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

लुम्बिनी सांस्कृतिक नगरपालिका-११ पण्डितपुरस्थित सडकमा लु.३८ प २३७२ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको करिब ११ तोला ५० लाल सुन जस्तो देखिन धातु र ७ किलो ५ सय ग्राम चाँदी जस्तो देखिने धातु, ३ थान मोबाइल, नगद १७ हजार २ सय ५० नेपाली रुपैयाँ र ३ हजार भारतीय रुपैयाँ सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उक्त मोटरसाइकलका चालक सोही नगरपालिका-११ पण्डितपुर बस्ने ४० वर्षीय मोहम्मद फारुक मुसलमान र सोही ठाउँ बस्ने २४ वर्षीय रहीस अहमद मुसलमान रहेका छन् ।

ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट करिब २३ लाख रुपैयाँ बराबरको उक्त धनमाल सहित फेला पारी मोटरसाइकल सवार उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको छ ।