पछिल्लो २४ घण्टामा देशभर ३३८४ जना कोरोनाका नयाँ संक्रमित

June 12, 2021   Filed under कोरोना खबर >>>> Please Subscribe our Youtube Channel

पछिल्लो २४ घण्टामा देशभर ३३८४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन ।

देशका बिभिन्न स्थानमा पछिल्लो २४ घण्टामा गरिएका आरटी–पीसीआर परीक्षणमा २३८२ र एन्टिजेन परीक्षणमा १००२ गरी ३३८४ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा ८५०६ पीसीआर र ५९८८ एन्टीजेन परीक्षण भएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाए अनुसार पछिल्लो २४ घण्टामा ६२९५ जना संक्रमणमुक्त भएका छन् । यस्तै संक्रमणबाट थप ६१ जनाको मृत्यु भएको छ ।