कटुवा पेस्तोल र गोली सहित पक्राउ

June 12, 2021   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

कपिलवस्तु नगरपालिका-१ आनन्दबाग कैलाश टोल बस्ने मैसिन भन्ने ३३ वर्षीय पूर्ण वीर पाल्पाली(कुम्हाल)लाई १ थान एकनाले कुटुवा पेस्तोल र २ थान जंगी राउण्ड गोली सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कपिलवस्तु नगरपालिका-१ बस्ने दिपक पाण्डेयलाई यही जेठ ५ गते साकिर पाखिन समेतले गोली हानी घाईते बनाई कर्तव्य गरी मारेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले पूर्ण वीरलाई उनकै कोठाबाट उक्त हतियार सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।