अवैध लागूऔषध सहित पक्राउ

June 12, 2021   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

मोरङ, सुनवर्सी नगरपालिका-८ सिक्टीबाट करिब १० ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका-९ बस्ने २९ वर्षीय सिर्जन श्रेष्ठ र ४७ वर्षीय दाम बहादुर भुजेल रहेका छन् । प्रदेश १-०२-०४१ प २५४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

बारा, जितपुरसिमरा उपमहानगरपालिका-७ जितपुर चोकबाट २ सय ३२ बोतल लागूऔषध ओनरेक्स सहित वीरगञ्ज महानगरपालिका-१७ बस्ने २१ वर्षीय सारुख मियाँलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । बीआर २२ डी ४१४४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले रोक्ने क्रममा नरोकी भागेपछि पिछा गर्दै जाँदा सोही ठाउँस्थित केयर भिजन बोर्डिङ स्कुलमा लुकिछिपी बसेको अवस्थामा उनलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-९ झिलमिला रोडबाट करिब ६ ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित बेदकोट नगरपालिका-२ बस्ने २१ वर्षीय प्रकाश भट्ट लगायत ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । सिमा प्रहरी चौकी ब्रहमदेवबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्नेक्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।