जबरजस्ती करणी गरी फरार रहेका अभियुक्त पक्राउ

August 11, 2021   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका अभियुक्त बाँसगढी नगरपालिका-६ बस्ने २५ वर्षीय राजकुमार थारुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

२०७७ मंसिर १५ गतेदेखि यही साउन ९ गतेसम्म ती किशोरीलाई बिभिन्न स्थानहरुमा लगि पटक-पटक जबरजस्ती करणी गरी फरार रहेका राजकुमारलाई ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।