तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

August 11, 2021   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

पोखरा महानगरपालिका-११ फुलवारी बस्ने ४८ वर्षीय चिन बहादुर गुरुङको घरमा तास खेलिरहेको अवस्थामा चिन बहादुर लगायत ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी उनीहरुलाई नगद ७४ हजार २ सय ८० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

उनीहरु उपर जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।