नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश, सतर्कता अपनाउन अनुरोध

June 11, 2021   Filed under नेपालीको हालखबर >>>> Please Subscribe our Youtube Channel

नेपालमा शुक्रबारदेखि यस वर्षको मनसुन (वर्षा याम) सुरु भएको छ । यसअघि अनुमान गरिएको मनसुन भित्रिने मितिभन्दा दुई दिनअघि यस वर्षको मनसुन भित्रिएको हो । काठमाडौँका बिभिन्न स्थानमा बर्षा भैरहेको छ। आज दिनभर नै मौसम मा बदलि हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

नेपालको पूर्वी भागबाट भित्रिएको मनसुन यतिबेला मध्य क्षेत्रसम्म फैलिसकेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

महाशाखाका अनुसार बङ्गालको खाडी आसपास विकास भएको न्यून चापीय क्षेत्रका कारण नेपालमा मनसुन भित्रिएको हो । यस वर्ष प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा एकै पटक वर्षा हुन थालेको छ ।

न्यून चापीय क्षेत्र फैलिने क्रममा रहेकाले अर्को साता सम्म मा नेपालको सम्पूर्ण क्षेत्रमा पुग्ने र त्यसपछि अधिकांश भू–भागमा केही दिन अविरल वर्षा हुने महाशाखाको अनुमान छ । आगामी साता मनसुन अझ सक्रिय भएर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।