नेपालमा गत २४ घण्टामा ३७५० संक्रमित थपिँदा ५२२५ जना संक्रमणमुक्त, ६७ को निधन

June 11, 2021   Filed under कोरोना खबर >>>> Please Subscribe our Youtube Channel

स्वास्थ्य मन्त्रालयले शुक्रबार दिउसो जानकारी गराए अनुसार पछिल्लो २४ घण्टामा देशभर ३७५० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन ।

देशका बिभिन्न स्थानमा पछिल्लो २४ घण्टामा गरिएका आरटी–पीसीआर परीक्षणमा २७०९ र एन्टिजेन परीक्षणमा १०४१ गरी ३७५० जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ९५९८ पीसीआर र ५५८४ एन्टीजेन परीक्षण भएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाए अनुसार पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै संक्रमणबाट थप ६७ जनाको मृत्यु भएको छ । पछिल्लो समय १० दिन पछि स्वतः संक्रमण मुक्त भनिने गरिएता पनी मृत्यु दर र नयाँ संक्रमित दर निरन्तर देखिनु का कारण काठमाण्डौ उपत्यका लगायत देशका बिभिन्न जिल्लाहरुमा निषेधाज्ञाको निरन्तरता बढेर गएको छ ।