कुटपिटबाट मृत्यु, १ जना पक्राउ

August 10, 2021   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

धनुषा जिल्काको क्षिरेश्वरनाथ नगरपालिका-६ बस्ने ४० वर्षीय टेङ्गा भन्ने ओम मलिकको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीया रिन्की देवी रायलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पुरानो रिसइवीको कारण रिन्की देवी, सोही ठाउँ बस्ने २५ वर्षीय राकेश कुमार राय कुर्मी र २५ वर्षीय रवि कुमार राउतले साउन १८ गते मादक पदार्थ सेवन गरी मलिकलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका मलिकको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।

हाल फरार रहेका अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।