विभिन्न हातहतियार सहित २ जना पक्राउ

August 10, 2021   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

गौरीगंगा नगरपालिका-९ शंकरपुरस्थित सडकमा बा.१७ च १३१२ नम्बरको जिपबाट १ थान बाह्रबोर बन्दुक, सोही बन्दुकको कार्टिज १ थान र १ थान पोईन्ट टुटु राइफल र सोही राईफलको १० राउण्ड गोली सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जिपका चालक धनगढी उपमहानगरपालिका-२ बस्ने ४६ वर्षीय मोहित कुमार शाह र जिपमा सवार कैलारी गाँउपालिका-९ बस्ने ५३ वर्षीय खेम राज चौधरी रहेका छन् । उक्त जिपलाई ईलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा जिपभित्र लुकाई राखेको अवस्थामा उक्त हतियार फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर हातहतियार खरखजाना शीर्षक मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।