गायक दीप श्रेष्ठले जिते कोरोना, अस्पताल बाट गए निवास

June 10, 2021   Filed under कला / मनोरञ्जन >>>> Please Subscribe our Youtube Channel

गायक दीप श्रेष्ठले दोस्रो लहरको कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन् ।

कोरोना संक्रमण पुष्टी भए पछि घरमा नै आईशोलेसनमा बसेका बेलामा गायक श्रेष्ठलाई स्वास्थ्य समस्या आए पछि काठमाण्डौ को ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।

करिब २ हप्ताको उपचार पछि उनी कोराना परास्थ गरी निवास फर्कदा अस्पतालका कर्मचारीहरुले उनलाई उनीद्वारा नै गायिएका उनका लोकप्रिय गीतहरु गाएर बिदा गरिएको थियो ।

पछिल्लो समय उनी टेलिभिजन कार्यक्रम “भोइस अफ नेपाल” का निर्णायक मण्डलीका एक सदस्य हुन् । कार्यक्रम “भोइस अफ नेपाल” का निर्माता निर्देशक शुसिल नेपाल ले आफ्नो फेसबुक मार्फत गायक श्रष्टा दीप श्रेष्ठको स्वास्थ्य अबस्थाका बारेमा जानकारी सार्बजनिक गर्दै आएका थिए । पछिल्लो अपडेटमा उनले गायक श्रेष्ठ अस्पताल बाट निवास फर्कि अझै चिकित्सकको निर्देशानुसार घरमा आराम गर्ने बताएका छन् । साथै गायक श्रेष्ठ का तर्फबाट अनी समग्र “भोइस अफ नेपाल” कार्यक्रमका समुहका तर्फबाट गायक श्रेष्ठको उपचारमा खट्टिने अस्पताल कर्मचारीहरुलाई धन्यबाद र आभार प्रकट गरेका छन् ।

गायक श्रेष्ठ का अलावा टिभी कार्यक्रम “भ्वाईस अफ नेपाल” का अर्का निर्णायक गायक प्रमोद खरेल पनी ८ महिनाको अन्तरमा दोस्रो पटक कोरोना संक्रमण पुष्टी भइ निको भएको कारणले केही समय पछि मात्र नयाँ भागहरुको छायांकनमा फर्कने कार्यक्रम निर्माण पक्षले जनाएको छ ।