गत २४ घण्टामा ५१५३ कोरोना संक्रमित पुष्टी

June 8, 2021   Filed under कोरोना खबर >>>> Please Subscribe our Youtube Channel

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जानकारी गराए अनुसार गत २४ घण्टामा १२ हजार ६५ पीसीआर परीक्षणमा ३८७० र ५६११ एन्टिजेन परीक्षणमा १२८३ जना गरी कुल ५१५३ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

यो संक्रमण पुष्टी सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ११ हजार ३०८ पुगेको छ । जसमध्ये ५ लाख ४५ हजार ३० जना निको भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ रहेको छ ।

कोरोना भाइरस संक्रमणबाट हालसम्म ८०९८ जनाको मृत्यु भएको छ । आज जानकारी गराईए अनुसार सबैभन्दा धेरै काठमाडौंमा ८३६, ललितपुरमा २६९, भक्तपुरमा १२१ संक्रमित पुष्टी भएको छ ।