राष्ट्रिय संगितकर्मी संघ कास्की द्वारा राहत वितरण

June 8, 2021   Filed under कला / मनोरञ्जन >>>> Please Subscribe our Youtube Channel

राष्ट्रिय संगीतकर्मी संघ कास्कीले २३ घर परिवारलाई राहत वितरण गरेको छ । कोभिड १९ का कारण सबै क्षेत्र प्रभावित भएको कारण संघले राहत वितरण गरेको हो ।

संघले पोखराका विभिन्न स्थानका २३ घर परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको कार्यक्रम संयोजक कपिल श्रेष्ठले जानकारी दिए ।

संघका अध्यक्ष ऋषिराम दाहालले महामारीमा थोरै भए पनि राहत मिलोस् भन्ने उद्धेश्य राखेर आफूहरुले राहत वितरण अभियान संञ्चालन गरिएको बताए ।

राहत ग्रहण गर्दै स्थानीय सुत्केरी शान्ति परियारले खुशी व्यक्त गर्दै संघप्रति आभार प्रकट गरेकी छिन् । संगितकर्मी संघका सल्लाहकार नारायण सिक्देलले एकले अर्कोलाई सहयोग गरेर अघी बढ्नुपर्नेमा जोड दिए ।

अर्का सल्लाहकार फर्स बहादुर भाट क्षेत्रीले महामारीमा राष्ट्रिय संगीतकर्मी संघको सहयोग निकै महत्वपूर्ण हुने बताए ।

संघका जिल्ला इन्चार्ज लीला पौडेलले संघले कलाकारको हकहित संगै सामाजिक क्षेत्रमा पनि उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको जानकारी दिए ।

सो कार्यक्रममा संघका सह सचिब राजन सुवेदी, संगठन बिभाग प्रमुख ईश्वर राज भण्डारी समाजसेवी मित्रलाल सिक्देलको उपस्थिति रहेको थियो । (आमनेपाली)