नेपाललाई बहुरष्ट्रिय राज्य बनाउने उपप्रधानमन्त्रीको अभिब्यक्तिबारे प्रधानमन्त्रीबाट स्पष्ट पार्न माधब नेपाल समुहको माग

June 5, 2021   Filed under नेपालीको हालखबर >>>> Please Subscribe our Youtube Channel

उपप्रधानमन्त्री राजेन्द्र महतोले सपथ लिएको २४ घण्टा पनी नबित्दै नेपाललाई बहुरष्ट्रिय राज्य बनाउने लक्ष र लक्ष्य प्राप्तिका लागी मुक्ति संग्रामा का बारेमा दिएको अभिब्यक्ति प्रति बिमती जनाउदै नेकपा(एमाले‌) का माधब नेपाल खेमाका सदस्यहरुले प्रधानमन्त्री केपी ओलीलाई भाईको स्पष्टीकरण मागेका छन् ।

उपप्रधान्त्री महतोले पदबहाली पछि यस्ता अभिब्यक्ति दिएका थिए । माधब नेपाल द्वारा हस्ताक्षरित एबमं आफ्ना समुहका सबै सदस्यको नाम लेखी आज नेपाल समुहले उपप्रधानमन्त्रीको अभिब्यक्ति प्रति प्रधानमन्त्रीको धारणा मागेका हुन् ।

आजै उपप्रधानमन्त्री राजेन्द्र महतो को अभिब्यक्ति माथी नेकपा ( एमाले ) का आर्का नेता बामदेव गौतमले पनी प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । नेता गौतमले आज बिहानी ट्वीटमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

नबनियुक्त उपप्रधानमन्त्री महतो को संम्बिधान बिरोधी अभिब्यक्ति प्रति शनिबार दिन भरीनै चर्चा चलिरह्यो । उनका अभिब्यक्ति अन्य दलहरुले पनी आफूहरुको ध्यानाकर्षण भएको जनाएका छन् ।