पछिल्लो २४ घण्टामा ५०४२ जना कोरोनाका नयाँ संक्रमित

June 5, 2021   Filed under कोरोना खबर >>>> Please Subscribe our Youtube Channel

देशभर पछिल्लो २४ घण्टामा ५०४२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन ।

देशका बिभिन्न स्थानमा गरिएका आरटी–पीसीआर परीक्षणमा ३५४० र एन्टिजेन परीक्षणमा १५०२ गरी ५०४२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ११,४७१ पीसीआर र ५३४३ एन्टिजेन परीक्षण भएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाए अनुसार पछिल्लो २४ घण्टामा ८,२४३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ ।