अष्ट्रेलियाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामाग्रीहरु प्रदान

June 5, 2021   Filed under कोरोना खबर >>>> Please Subscribe our Youtube Channel

मित्रराष्ट्र अष्ट्रेलियाद्वारा नेपाली सेनालाई प्रदान गरिएका स्वास्थ्य सामाग्रीहरु अष्ट्रेलियन राजदुत H.E Felicity Jane Volk ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमका बीच बलाधिकृत रथी प्रभुराम शर्मालाई हस्तान्तरण गर्नु भएको छ ।

हस्तान्तरण कार्यक्रममा बलाधिकृत रथी प्रभुराम शर्माले अष्ट्रेलियाले गरेको सहयोग प्रति आभार प्रकट गर्नु भएको छ।

कोभिड-१९ को प्रतिकार्यका लागी नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आबश्यक पर्ने उक्त स्वास्थ्य सामाग्रीहरु अष्ट्रेलियन एयर फोर्सको जहाज मार्फत आज नेपाल ल्याईएको थियो ।