बार्हबिसे कपको उपाधी रत्न र रशिलालाई

December 4, 2021   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

सिन्धुपाल्चोकको बा¥हबिसेमा भएको बार्हबिसे कप ब्याडमिन्टन २०७८ खुल्ला राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको उपाधी सेनाका रत्नजित तामाङ्गले जितेका छन् । सेनाको बर्चस्व रहेको प्रतियोगितामा रत्नले सेनाकै नविन श्रेष्ठ माथि २१–१८, २१–१९ को जित निकाल्दै उपाधी उचालेका हुन । रत्नले उपाधीका साथै नगद १ लाख २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । दोश्रो भएका नविनले नगद ६५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

मंसिर १५ देखि सुरु भएको प्रतियोगिताको महिला एकल तर्फ सेनाकी रशिला महर्जनले सेनाकै अमिता गिरीमाथि को जित निकाल्दै उपाधी कब्जा गरिन् । उनले उपाधी हात पार्ने क्रममा गिरीमाथि २१–१६, २१–१६ को समान अन्तरले पराजित गरिन् । रशिलाले नगद ५० हजार सहित मेडल र प्रमाण पत्र तथा गिरीले २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

उच्च २० बरियतादेखि बाहेकका पुरुष युगल तर्फको खेलमा कास्कीका बिधान अधिकारी र बिशाल खड्काले उपाधी जिते । अधिकारी र खड्काको जोडीले सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीलाई २१–१६, २१–१७ ले पराजित गर्दै उपाधी उचालेका हुन् । पुरुष युगल तर्फ बिजयी र उपबिजयी खेलाडीहरुले नगद १ लाख र ५० हजारका साथै मेडल र प्रमाण पत्र प्राप्त गरे ।

भेट्रान्स ४५ बर्ष माथिको प्रतिस्पर्धामा पर्फेक्ट फिटनेश क्लबका संजय कपाली र श्याम लामाको जोडीले तनहुका मान बहादुर राना मगर र देव बहादुर थापाको जोडीलाई २१–१८, २१–११ ले पराजित गरे । बिजेता तथा उपबिजेताले गिफ्ट ह्याम्परका साथै मेडल र प्रमाण पत्र प्राप्त गरे ।

जिल्लास्तरिय पुरुष युगल तर्फको प्रतिस्पर्धामा बा¥हबिसेका अभिषेक गुरुङ्ग र रमेश शेर्पाको जोडीले बाजी मारे । उक्त जोडीले चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडीलाई २१–१२, १८–२१, २१–१६ ले पराजित गरेका हुन् । पहिलो र दोश्रो हुने दुवैले गिफ्ट ह्याम्पर मेडल र प्रमाण पत्र प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी बार्हबिसे कपको उपाधी रत्न र रशिलालाई नगरपालिकाका मेयर निमाफुञ्जी शेर्पा, उपमेयर सुशिला पाख्रिन, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा पुरस्कार रासी ५ लाख ५० हजार रहेको थियो ।