उत्कृष्ट उद्यमी २० उद्यमी, तिलोत्तमा घोषणा तथा सम्मान कार्यक्रम सम्पन्न

November 4, 2021   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

कमल थापा, रुपन्देही ।

उद्यमशिल तिलोत्तमाको परिकल्पनासहित तिलोत्तमा नगरपालिका र दायित्वको सहकार्यमा सञ्चालित नगरप्रमुख दायित्व ग्रामीण उद्यम दु्रतिकरण कार्यक्रम, तिलोत्तमा अन्तर्गत उत्कृष्ट २० उद्यमी, तिलोत्तमा घोषणा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

प्राप्त आवेदनबाट छनौट भएका सम्भावित ४० उद्यमीबाट मुल्यांकनका विभिन्न आयामका आधारमा २० उद्यमी चयन भएका छन् । छनौटका लागि तिलोत्तमा नगरपालिकाका कृषि शाखा प्रमुख दोमलाल भुसालको संयोजकत्वमा, कृषि विकास बैंक, मंगलापुरका वरिष्ठ शाखा अधिकृत, पि.एम.ई.पि. संयोजक देवेन्द्र पौडेल, कृषि प्राविधिकहरु अस्मिता भण्डारी र विन्दु रायमाझी सदस्य रहने गरी ५ सदस्सिय अवलोकन तथा मुल्यांकन समिति गठन गरिएको थियो ।

कार्यक्रममा श्री गौरीकान्त पौडेल (संयोजक, नगरस्तरिय कृषि सञ्जाल, तिलोत्तमा नगरपालिका), श्री मिनाक्षी न्यौपाने, (स्टेशन प्रमुख, रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन, मणिग्राम) श्री जे.पी.कडेँल (महासचिव, प्रदेश चेम्बर अफ कमर्श, लुम्बिनी प्रदेश), श्री जगेश्वरदेवी चौधरी (नगर उपप्रमुख, तिलोत्तमा पालिका) श्री बासुदेव घिमिरे (नगरप्रमुख, तिलोत्तमा नगरपालिका) ले उद्यमशिलताको महत्वबारे र पालिकाको पहलको सन्दर्भमा प्रकाश पारेका थिए ।

कार्यक्रम रिप–संयोजक संजय पोख्रेलको अध्यक्षता र दायित्व लुम्बिनी प्रदेश संयोजक कमल थापाको सञ्चालनमा सम्पन्न भएको हो ।