जन सार्क मञ्च नेपालको वार्षिक साधारणसभा सम्पन्न !

November 3, 2021   Filed under नेपालीको हालखबर >>>> Please Subscribe our Youtube Channel

पुजा कुवँर, नेपालीको रेडियो सम्बाददाता ।

जन सार्क समन्वय मञ्च- नेपाल को पाँचौ वार्षिक साधारण सभा काठमाडौं को बबरमहस्थित SAP- नेपालको सभाहलमा कार्तिक १३ गते ,शनिबार सम्पन्न भएको छ।सार्क राष्ट्रका जनताहरूबीच विभिन्न कार्यक्रममार्फत सम्बन्ध स्थापना गरी सार्क राष्ट्रहरू मा मित्रता बढाउने मुख्य उदेश्य का साथ बिक्रम सम्बत २०७४ सालमा स्थापना भएको यस संस्थाले एक भब्य कार्यक्रमका बीच आफ्नो पाँचौ वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

परिचयात्मक कार्यक्रममा उपसभापति तुलसी प्रसाद तिम्सिना ,महासचिव सन्तोष कुमार घिमिरे, संन्चार सचिव तथा प्रबक्ता भरत ढकाल, अन्तरास्ट्रिय सचिव गोपाल नेपाल, कोषाध्यक्ष दिनदया रिजाल, सद्स्य उमा तिमल्सिना मरहट्टाले संस्थाको बारेमा प्रकाश पार्नु का साथै People to people Connectivity programme दक्षिण एशियाली राष्ट्रका जनता हरु बीच सुमधुर सम्बन्ध स्थापित गर्ने उद्देश्यले स्थापना भएको बताउनुभयो । कार्यक्रम को उद्घोषण मंच का वरिष्ठ सद्स्य चण्डिका राया ले गर्नु भएको थियो ।

साधारण सभालाई उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अथिति कृष्ण वहादुर खड्काले सार्क राष्ट्रहरूमा व्याप्त गरिवी,राजनैतिक अस्थिरता र सार्क राष्ट्रहरू बीचको बढ्दो असमझदारी प्रति चिन्ता व्यक्त गर्दै सार्क राष्ट्रका जनताहरू बीच मित्रताको सम्बन्ध कायम गरी उक्त समस्याहरू समाधान गर्न मञ्च ले भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुभकामना मन्तव्य व्यक्त गर्दै आजको परिप्रेक्ष्यमा विश्वमा यूरोपीयन युनियन, अफ्रिकन युनियन, ASEAN जस्ता संस्थाहरू क्षेत्रिय सहकार्य गर्दै बलियो बनिरहेको यो अवस्था मा सार्क को कुनैपनि विकल्प नरहेको बताउँदै सार्कका कार्यक्रमहरु नभइरहेको अवस्थामा यसलाई जनस्तरबाट सरकारीस्तरमा दबाब दिन आवश्यक रहेको बताउनुभयो । त्यस्तै,उहाँले सार्क राष्ट्रहरुबीच व्यापक गरिवी रहेको औँल्याउँदै यसलाई जनस्तरमा मल्टी ट्रयाक कुटनीतिको माध्यमद्वारा विश्वास र सहकार्यको निर्माणगरी उन्मूलन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो। त्यसै गरी, मञ्चका सल्लाहकार डा. दिनेश लम्सालले शुभकामना मन्तव्य व्यक्त गर्दै सरकार- सरकारविचसम्बन्ध बलियो बनाउन जनता जनता बीचको सम्बन्ध राम्रो रहनु पर्ने विचार व्यक्त गर्दै सार्क राष्ट्रहरू बीच विश्वास र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्व हरूको सहभागिता रहेको उक्त कार्यक्रममा डा. भरत बडाल (सल्लाहकार), पुर्व प्रशाशक रानेश्वर घिमिरे (सल्लाहकार), पुर्ब प्रशाशक देवराज ढकाल (सल्लाहकार ), प्रो अधिबक्त्ता रामेश्वर राज अर्याल (सल्लाहकार ), प्रमोद पौडेल (सल्लाहकार) समेतले संस्थाको प्रगतिको शुभकामना व्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रमलाई समापन गर्दै मञ्चका सभापति हरि बहादुर बीसीले सार्क स्थापनाको इतिहासलाई स्मरण गर्दै जनसार्क सरकारलाई उत्प्रेरित गर्ने माध्यमको रूपमा रहेको प्रस्ट पार्नुभयो। त्यस्तै, सार्क सम्मेलन नभइरहेको यो अवस्थामा कूटनीतिक पहल मार्फत सार्क सम्मेलन को निरन्तरता गरिनुपर्नेमा जोड दिनुभयो। साथै, संस्थालाई जीवन्त राख्नको लागि आगामी दिनहरुमा सरकारी पक्षबाट आवश्यक सहयोग प्राप्त रहने आशा व्यक्त गर्दै यस संस्थाको माध्यमद्धारा आगामी दिनमा सार्क जनस्तरमा अझ बलियो सम्बन्ध स्थापना गरी सशक्त रुपमा अगाडि बढाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।