प्लास्टीकको मालाको ब्यापार बढ्यो

November 3, 2021   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

किरणमान बज्राचार्य, कपिलबस्तु !

मखमली र सयपत्री फुल पाईन छाडे पछि यहाँका बजारमा प्लास्टिक र कपडाका मालाको ब्यापार बढेको छ । केही बर्षयता देखि मखमली र सयपत्री फुलको अभाव भए पछि प्लास्टिकको मालाको मागमा भारी बृद्धि भएको हो । तिहारलाई लक्षीत गरी ब्यापारीहरुले रंगीचंगी प्लास्टीकका माला भारतबाट ल्याएका छन् । तौहिलवा, कृष्णनगर, चन्द्रौटा लगायतका बजार तथा जिल्लाका बिभिन्न स्थानमा लाग्ने साप्ताहिक हाट बजारमा रंगीचंगी प्लाटिकका कृत्रिम मालाहरु बेच्नका लागि राखिएका छन् ।

पुरै बजार मालाले सिंगारिएका छन भने ब्यापारीले ग्राहकलाई आकर्षित गर्न पसलमा मालाहरु सजाएर राखेका छन् । तौहिलवा हाट बजारका ब्यपारी लल्लु गूप्ताले बजारमा मखमली र सयपत्री फुल आउनै छाडे पछि केही बर्ष यता देखि प्लास्टिकका मालाहरु प्रति ग्राहक आकर्षित भएको बताए । रक्षा बन्धन पछि तिहारमा माला सबै भन्दा बढी बित्री हुने भएकाले आफुले भारतबाट माल ल्याएको गुप्ताले बताए । पाँच रुपैया देखि साढे ६ सय सम्मका माला बिक्रीका लागि राखेको भन्दै उनले तिहारमा एक लाख बढीको माला बिक्री हुने बताए । प्रत्येक माला ब्यापारीले न्युनतम ५० हजार देखि एक लाख सम्म कारोवार हुने बताएका छन् । त्यस हिसाबले नै जिल्लामा नै यस्को लाखौको कारोवार हुने ब्यापारीहरु बताउछन । कपिलवस्तु नगरपाकिला– १ की मोनिका गुप्ताले मखमली फुल पाईनै छाडे पछि बाध्य भएर प्लास्टिकको माला किनेको बताईन । ‘ पहिला घर, टोल छिमेकी जताततै फुल पाईन्यो तर अहिले फुलहरु देखिनै छाड्यो ’ उनले भनिन । जिल्लामा ब्यवसायिक फुलखेती नभएको कृषि ज्ञान केन्द्रले जनाएको छ । भारतबाट आयातित यी फुलका कारण बार्षिकरुपमा लाखौ रुपैया बिदेशीने गरेको उद्योग बाणिज्य संघका सचिव अर्जुन चापागाइले बताए । जिल्लामा ब्यवसायिक फुल खेती र प्लास्टिकको माला बनाउने उद्योग स्वादेश मै खोलिनु पर्ने उनी बताउछन् ।

उता तिहारमा भाडाकुडा, बिभिन्न रंग,मसलाका पोका लगायतको कारोवारमा समेत बृद्धि भएको ब्यपारीहरु बताउन् । अन्य समय भन्दा अहिले बजारमा भाडाको ब्यापार ह्वात्तै बढेको हो ।अरु समयमा फाटफुट मात्र ब्यापार हुने कपिलवस्तुको तौलिहवा, कृष्णनगर, चन्द्रौटा लागायतका बजारहरुमा भाडाहरुको पसलमा निकै भीडभाड बढेको देखिन्छ । खासगरी जिल्लामा तिहारको धनवन्तरी दिवस (धनतेश ) का दिन भाडाकुडा खरिद गर्ने चलन भएकाले यस्को ब्यापारमा बृद्धि भएको ब्यपारीहरु बताउछन् ।तौलिहवाको चोक बजार स्थित शिवम भाडा पसलका ब्यपारी सन्तोष अग्रहरीले तिहारमा अन्य समय भन्दा भाडाकुडाको ब्यापार बढी हुने बताए । धनतेरशका दिन मात्रै एक लाख बढीको ब्यपारह हुने गरेको उनले बताए । अरु समयमा खासै बिक्री नभए पनि तिहारमा यस्को कारोवार बढी हुने गरेको उनले बताए । बर्षभरीको खर्च तिहार बाटै निस्कने गरेको उनी बताउछन् । उनी मात्रै होइने तिहारको समयमा अन्य ब्यापारीले पनि लाखौको भाडाकुडा बिक्री गर्ने गरेको छन् अहिले । खासगरी यहाँ स्टिल, कास, तामा, फलामका भाडाकुडाहरु बिक्री हुने गरेका छन् ।