अवैध औषधि ट्रामाडोल सहित ३ जना पक्राउ

June 2, 2021   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

हरिनगर गाँउपालिका-५ बसन्तपुरबाट ३ हजार ४ सय ८० क्यापसुल अवैध औषधि ट्रामाडोल सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेक छ ।

पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका बस्ने परिक्षण कुँवर, सोही ठाउँ बस्ने विजय अधिकारी र हरिनगर गाँउपालिका-६ बस्ने नसिम अन्सारी रहेका छन् ।

सुनसरीको घुस्कीबाट चैनपुर संखुवासभाको लागि कामदार लिएर जाँदै गरेको प्र.१-०२-००२ च ४७२७ नम्बरको गाडीलाई बसन्तपुर बेस क्याम्पबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त औषधि सहित फेला पारी गाडी चालक बिजय समेत उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि औषधि व्यवस्थापनको कार्यालय बिराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।