अवैध लागूऔषध सहित पक्राउ

June 2, 2021   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

झापा, दमक नगरपालिका-१ स्थित राधे होटल एण्ड लजको कोठाबाट ४७ ग्राम ५ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र १ हजार दरको नक्कली जस्तो देखिने एउटै नम्बरका ८ थान नोट सहित सोही नगरपालिका-३ बेलडाँगी बस्ने ३२ वर्षीय पूर्ण बहादुर बानियाँलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलको कोठामा अवैध लागूऔषध ब्राउन सुगर खरिद गरी विक्री गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उक्त पदार्थ र नोट सहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत झापाबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पर्सा, पटेर्वासुगौली गाउँपालिका-४ करवोला चोकबाट करिब ७ सय ग्राम अवैध लागूऔषध गाँजा सहित पोखरीया नगरपालिका-१ बस्ने ३५ वर्षीय रमेश गिरी समेत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ना.९ प ९९०७ नम्बरको मोटरसाइकलललाई ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी मोटरसाइकल चालक गिरी समेत ३ जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।