बुवाको हत्या गरी फरार रहेका छोरा पक्राउ

November 2, 2021   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

आफनो बुवाको हत्या गरी फरार रहेका झटकेलो छोरा पक्राउ परेका छन । गत कार्तिक ४ गते आफनो बुवा शिवराज न.पा.–९ भगवानपुर बस्ने बर्ष ४२ को गोरे भन्ने चन्द्र बहादुर थापालाई हत्या गरी फरार रहेका अशोक भन्ने जयन पुन मगर पक्राउ परेका हुन ।

अशोक र उनका साथी शिवराज नगरपालिका.–९ भगवानपुरका किरण महराले कुटपीट गरी गोरको हत्या गरेका थिए । हत्या गरी उनीहरुले शवलाई बिजयनगर गाउपालिका वडा नं. ५ बनगाई स्थित पोखरीमा फालेर भागेका थिए । पाखरीमा तैरी रहेको अवस्थाभा शव फेला परको थियो । मृतको पहिचान पछि खु्लेका थियोे । अशोकले आफनो आमालाई खान बस्न नदिएको भन्दै आफनो साथीसंग मिलेर मादक पदार्थ सेवन गरी हत्या गरेको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताए ।

पक्राउ परेका दुबैजनालाई कत्तब्र्यज्यान मुद्दामा अदालतबाट म्याद थपी कारबही प्रकृया अघि बढाइएको प्रहरी उपरिक्षक कार्कीले बताए ।