जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

November 2, 2021   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

२९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लिमचुङबुङ गाउँपालिका-५ जाँते बस्ने ६८ वर्षीय सिंह बहादुर राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राईले ती महिलालाई सोमबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।