पूर्वमन्त्री मोहनबहादुर बस्नेत द्वारा पजेरो जीप र औषधी हस्तान्तरण

June 2, 2021   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

कुवेर श्रेष्ठ,बार्हबिसे- सिन्धुपाल्चोक ।
नेपाली कांग्रेसका केन्द्रिय नेता एबमं पूर्व संञ्चारमन्त्री मोहन बहादुर बस्नेतले पूर्ण घोषणा गरे अनुरुप जिल्लाको अस्पताललाई प्राडो जीप “एम्बुलेन्स” को रुपमा प्रयोग गर्न फिर्ता गर्न नपर्ने गरी दिएका छन् ।

आज नेता बस्नेत आफूले उपलब्ध गराएको ल्याण्डक्रुजर प्राडो जीप “एम्बुलेन्स” सहित कोभिड नियन्त्रणका प्रथामिक उपचार औषधी लगायतका सुरक्षा प्रयोगका सामाग्री सहित बार्हबिसे पुगेका हुन् ।

उनले बार्हबिसे नगरपालिका वडा नं-२ सिम्लेको एक बिरामीलाई अक्सिजनको अभावमा ज्यान गुमाउन नपरोस् भनी भरी १ अक्सिजन सिलिण्डर पनी आफ्नै सवारीसाधनमा हालेर बार्हबिसे ल्याइदिएका छन् ।
साथमा ल्याएका औषधी लगायतका सामाग्री उनले आजै हस्तान्तरण गरिएको छ भने आगामी दिनमा पनी बिश्वमहामारी कोरोना बिरुद्ध लड्न र आफ्ना जिल्लाबासीको स्वास्थ सुरक्षाका निम्ति आफूले कुनै कसर नछोड्ने बताएका छन् । उनले आज उपलब्ध गराएको जीप एम्बुलेन्सले आजै बाट जिल्लाका बिरामीलाई आबस्यक शेवा दिन थाल्ने समेत बताएका छन् । यो महामारीको समयमा जिल्लाबासी, समग्र राजनैतिकदल र दलका सदस्य, स्वास्थ्यकर्मी एक भएर कोरोना महामारी बाट छुटाकार पाउन एक हुनु पर्ने समेत आवह्वान गरेका छन् ।