चीनबाट खोप प्राप्त भएपछि जेठ २५ गते देखि कोभिड विरुद्धको खोप अभियान पुनः शुरु

June 2, 2021   Filed under कोरोना खबर >>>> Please Subscribe our Youtube Channel

राष्ट्रपति बिधा भण्डारी को चीनिया समकक्षी संगको सिधा संम्पर्क पछि चीन सरकारले सहयोगमा दिएको १० लाख डोज भेरोसिल भ्याक्सिन नेपाल आईपुगी सकेको छ । सोही खोप आगामी जेठ-२५ गते देखि ६० देखि ६४ बर्ष उमेर समूहका जेष्ठ नागरिकलाई लगाउने तयारी गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ले जनाएको छ ।

मन्त्रालयका अनुसार मङ्गलबार मात्र चीनबाट नौ लाख हजार मात्रा ‘भेरोसेल’ खोप नेपाल बायुशेवा निगम को जहाजले ल्याएको र आज थप एक लाख मात्रा हिमालयन एयरवेजले तिब्बत सरकारबाट आउन लगेको जनाएको छ ।

मन्त्रालयले खोप लगाउँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस लिएर जान अनुरोध गरेको छ ।

नेपालमा खोपको पहिलो मात्रा २१ लाख १३ हजार ८० र दोस्रो मात्रा सात लाख १४ हजार १६३ लगाएका छन् ।

अहिलेसम्म नेपालमा भारत सरकारको अनुदानमा कोभिसिल्ड १० लाख मात्रा र खरीद गरेर १० लाख मात्रा, चीनबाट यसअघि आठ लाख र कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार खोप आएको छ ।