चितवन जिल्लामा जेठ २७ गते रातिसम्म जिल्लामा निषेधाज्ञा जारी

June 2, 2021   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज सात दिनका लागि थप निषेधाज्ञा जारी गरेका हुन् । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा यही जेठ २० गते रातिसम्मका लागि जारी गरिएको थियो । थपिएसँगै यही जेठ २७ गते रातिसम्म जिल्लामा निषेधाज्ञा जारी रहनेछ । पछिल्लो समय केही दिनको लकडाउन पछि जिल्लामा संक्रमितको संख्या घट्नु र बिकल्पको रुपमा रहेको खोप पनी पर्याप्त नलगाई सकेको अबस्थामा संक्रमण न्यूनिकरणको उपाय भौतिक दूरीनै रहेको ले केही दिन निषेधाज्ञा थप्नु बाध्यात्मक परिस्थिती हो ।

अत्यावश्यक सेवा, तरकारी, फलफूल, दुग्ध पदार्थ, खानेपानी आपूर्ति, फोहोरमैला व्यवस्थापन, विद्युत्, खाद्यान्न, पशुपन्छीजन्य सामग्री, दाना, माछा, मासु, अण्डा, कृषि उपज, बीउबिजन, रासायनिक मल तथा कृषि औजार ढुवानी गर्ने सवारी साधन भने निषेधाज्ञामा सञ्चालन गर्न पाइनेछ ।

यस्तै दूरसञ्चार, इन्टरनेट, कूटनीतिक नियनेगका सवारी, सञ्चारकर्मी र पत्रपत्रिका वितरणका लागि प्रयोग गरिने सवारीलाई पनि सञ्चालन गर्न पाइने प्रशासनद्वारा जारी सूचनामा जनाइएको छ । कामदार कर्मचारीलाई उद्योग परिसरमै खाने, बस्ने व्यवस्था वा घरबाटै लाने लैजाने व्यवस्था गरेमा उद्योग सञ्चालन गर्न पाइने छ । विकास निर्माण र निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनलाई पनि सञ्चालन गर्न पाउने छुट दिइएको छ ।