चोरी गरी लुकाई राखेका मोटरसाइकल सहित २ जना पक्राउ

June 1, 2021   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने पर्सा वीरगंज परवानीपुर स्थायी घर भएका २१ वर्षीय विशाल थापा मगर सहित २ जनालाई चोरी गरी लुकाई राखेका मोटरसाइकल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानहरुबाट मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरुले चोरी गरेको ४ थान मोटरसाइकल र २ थान स्कुटर लुकाइ राखेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।