पछिल्लो २४ घण्टामा कोरोनाका ३१५ जना नयाँ संक्रमित

August 1, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

पछिल्लो २४ घण्टामा देशमा कोरोनाका ३१५ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैगरी ९३ जना निको भएर घर फर्किएका छन् ।

शनिबार स्वास्थ्य मन्त्रालयले जनाए अनुसार, हालसम्म देशभर संक्रमितको संख्या २०,०८६ पुगेको छ ।

सकृय संक्रमितको संख्या ५,३३८ मात्र रहेको छ ।

यसैगरी आज निको भएर फर्कने ९३ जनासहित देशभर शनिबारसम्म निको हुनेहरुको संख्या १४,४९२ ञपुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै देशका बिभिन्न स्थानमा रहेका क्वारेन्टीनमा रहनेको संख्या ११,५३३ रहेको छ भने आइसोलेशनमा ५,३३८ जना रहेका छन् ।