कोरोना बाट पछिल्लो २४ घण्टामा २१० संक्रमित

July 29, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

पछिल्लो २४ घण्टामा देशमा २१० जना कोरोना संक्रमित थपिएका छन् । यसअघि हिजो मंगलबार ३११ जना थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाए अनुसार, आज थपिएका सहित हालसम्म कुल संक्रमितको संख्या १९,२७३ पुगेको छ । तर सकृय संक्रमितको संख्या भने ५,३६० मात्र रहेको छ ।

पछिल्लो परीक्षणमा काठमाडौंका १४ जनामा संक्रमण देखिएको छ ।

यसैगरी विगत २४ घण्टामा १४६ जना निको भएर घर फर्कीएका छन ।

हालसम्म निको भएर फर्कनेहरुको संख्या १४,०२१ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर रहेका बिभिन्न क्वारेन्टीनमा बस्नेहरुको संख्या १४,४७१ रहेको छ भने आइसोलेशनमा ५,३६० जना रहेका छन् ।