अन्तराष्ट्रिय बौद्ध समाज द्वारा बाढी पीडितहरुलाई राहत

July 28, 2020   Filed under जिल्ला खबर >>>> Please Subscribe our Youtube Channel

बिन्दु कुमार चौहान, रुपन्देही ।

अबिरल बर्षाका कारण बाढी पीडित तथा घर भत्किएका अति बिपन्न परिवारहरुलाई राहत बितरण शुरु गरिएको छ ।

समाजका अध्यक्ष भिक्षु मैत्रेयले दिएको जानकारी अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं.२ स्थित ९७ जना भरथापुरबाढी पीडितहरुलाई १० किलोग्राम चामल पााच किलो आटा दुई किलो दाल एक लीटर खानेतेल दुई पोका नून चार किलो आलुप्याज एक गोटा साबुन समेत बितरण गरिएको हो ।

यसै गरि लुम्बिनी साास्कृतिक नगरपालिका वडा नं.९ खुदाबगरस्थित एक सय ८९ जना र लुसाानपा वडा नं. ५ तेनुहवा स्थित ९५ जना अति गरीबहरुलाई राहत प्रदान गरिएको समाजले जनाएको छ ।

यस अघि पनि सो समाजले लुम्बिनी र भैरहवा गरि अनाथ आश्रममा ११ सय १८ जनालाई राहत बितरण गरेको थियो ।