अवैध हतियारसहित सामान बरामद

July 28, 2020   Filed under प्रहरी खबर >>>> Please Subscribe our Youtube Channel

कमलादीस्थित कृष्णपाउरोटी चोक नजिकबाट २ थान म्याग्जिन सहितको पेस्तोल र १ केजीको ८ थान, २ सय ५० ग्राम लेखिएको २६ थान र ५ सय ग्राम लेखिएको १ थान पहेँलो धातु मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।

प्रहरीले जाँच गर्ने क्रममा बा.६ च ५५१९ नम्बरको स्कोरपियो गाडी रोक्न खोज्दा नरोकी झन गति बढाएपछि गाडीको पिछा गर्ने क्रममा कपडाको झोला फ्याँकी गाडी फरार भएको थियो । सो झोलाबाट उक्त अवैध हतियार र पहेंलो धातु बरामद भएको हो ।

फरार व्यक्ति र उक्त नम्बरको गाडीको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।