जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

July 28, 2020   Filed under प्रहरी खबर >>>> Please Subscribe our Youtube Channel

धनुषा जिल्ला क्षिरेश्वरनाथ नगरपालिका-३ पर्सा बस्ने २८ वर्षीय महमद कलाम राईनलाई १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
किशोरीलाई जबरजस्ती करणी गर्ने राइनलाई स्थानीयले फेला पारी कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यसतै
रुकुम(पूर्व) जिल्ला स्थित आफ्नै १५ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पुथा उत्तरगंगा गाउँपालिका-१० बाछीगाउँ बस्ने ३८ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

ती पुरुषले घरमा सुतिरहेकी बालिका छोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तकसेराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।