प्रहरी प्रधान कार्यालयमा कार्यरत २७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि

July 28, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

केन्द्रिय राजधानी काठमाण्डौं मा पनी छिट पुट कोरोना संक्रमित देखिदै आएको मा अहिले समुहमा संक्रमण देखिन थालेको छ । यसै क्रममा नेपालको सुरक्षा निकायका प्रमुखहरु रहने प्रहरी प्रधान कार्यालयमा कार्यरत २७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार संक्रमित सबै प्रहरीहरुलाई प्रहरी अस्पतालको आइसोलेसनमा राखिएको छ । उनीहरुलाई थप उपचारका लागि शुक्रराज ट्रपिकल अस्पताल टेकु र र सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमध्ये एकमा पठाउने तयारी गरिएको छ ।

संक्रमित २७ जना प्रहरीको सम्पर्कमा आएका अन्य ३६ जना प्रहरीलाई सामाखुसीस्थित क्‍वारेन्टाइनमा राखिएको छ ।

उनीहरुको पनि पीसीआर परीक्षणसहितका स्वास्थ्य जाँच प्रक्रिया अघि बढाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।