बालिकालाई अनैतिक कार्य गर्न खोजेको अभियोगमा पक्राउ

July 28, 2020   Filed under प्रहरी खबर >>>> Please Subscribe our Youtube Channel

चौदण्डिगढी नगरपालिका-१० खैराझोरा घर भई त्रियुगा नगरपालिका-१२ त्रिवेणी टोल बस्ने १८ वर्षीय पुरुषलाई ८ वर्षीया बालिकालाई अनैनिक कार्य गर्न खोजेको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती पुरुषले बालिकालाई ललाई फकाई सोही ठाउँस्थित मकै बारीमा लगेर अनैतिक कार्य गर्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।