लकडाउन खुले पनीअत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सुझाव

July 24, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

कोभिड-१९ को संक्रमणको जोखिम कायमै रहेकाले र्सवसाधारणलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन विज्ञले सुझाएका छन् ।

छिमेकी मूलुक भारतमा समुदाय स्तरमा संक्रमण फैलिएको र नेपालमा पनि लकडाउन खुलेकाले संक्रमणको जोखिम कायमै रहेको भन्दै विज्ञहरुले र्सवसाधरणलाई घर बाहिर ननिस्कन आग्रह गरेका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीले पछिल्लो समय लकडाउन खुले सँगै कोरोना संक्रमणको थप जोखिम बढेकाले र्सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

संक्रमणको जोखिम कायमै रहेकाले अत्यावश्यक काम नभएको स्थितीमा अझै पनि कोही पनि बाहिर ननिस्कन यदी निस्कन परे कोभिड-१९ का लागि तयार पारिएका स्वास्थ्य मापदण्ड अपनाएर मात्रै वाहिर निस्कनु पर्ने सुवाझ दिनु भएको ।

साथै उहाँले घर बाहिर निस्कदा मास्क, स्यानिटाइजर र सामाजिक दूरी कामय राख्नु पर्ने बताउँदै, सरकारले कोभिड-१९ को कारणले गरेको लकडाउन यही साउन ७ गते देखि अन्त्य गरेको हो । लकडाउनको अन्त्य सँगै काठमाण्डौं लगायत देशभर आन्तरिक सवारी साधन सञ्चालन हुन थाले संगै मानिसहरुको अस्वाभाविक भीडभाड हुने पाईएको प्रति चिन्ता व्यक्त गर्नुभएको छ ।