दूरी कायम गरी मठ मन्दिर खोल्न सरकार संग माग

July 24, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

विश्व हिन्दू महासंघले वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाका केन्द्र मठ-मन्दिर भौतिक दूरी कायम गरी खोल्ने व्यवस्था मिलाउन सरकार सँग माग गरेको छ ।

महासंघका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेश प्रसाद न्यौपानेले आज एक प्रेस विज्ञप्ति जारी गर्दै, अन्य सबै क्षेत्र खुलेकाले पूजाआजा एवं दर्शनले अशुभ मार्ग बाट शुभ मार्गमा जान प्रेरित गर्ने आस्थाको केन्द्र मठ मन्दिर पनि खोल्न माग गर्नुभएको हो ।

अन्य सबै क्षेत्रहरु खुल्ला गरिदा पनि मठ, मन्दिर, गुम्बा, चैत्य आदि धार्मिक स्थलका मूल ढोका समेत बन्द गर्नाले महास‹लाई आर्श्चर्यमा पारेको अध्यक्ष अधिकारीले बताउनु भयो । गत चैत ११ गते देखि हाल नेपालमा कोरोना भाइरसको अवस्था विश्लेषण गर्न पनि महासंघले सरकारको ध्यानाकर्षंण गराएको छ ।

मठ मन्दिर पनि भौतिक दूरी कायम गरी खुल्ला गर्न सकिने तर्फसरकारले सोच नबनाएकोमा महासंघले आपत्ति जनाएको छ ।

सरकारले औपचारिक रुपमा खुल्ला नगरे पनि साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा हजारौँ भक्तजनको भीड लागेको थियो ।